पोखरा–३ को वडाध्यक्षमा उदाससहित कांग्रेसको प्यानल बिजयी


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर–३ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । मंगलबार विहान सम्पन्न मतगणनामा पोखरा–३ मा नेपाली कांग्रेस वडाध्यक्षसहित सबैमा प्यानल नै बिजयी भएको हो ।

वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशमान उदास बिजयी भए । उनी नेकपा एमालेका उम्मेदवार विष्णुशंकर ख्वाउजुलाई ५०८ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी उदासले १ हजार १ सय २४ मत प्राप्त गरे भने पराजित ख्वाउजुले ६ सय १६ मत प्राप्त गरे ।

दुई खुल्ला सदस्यमा नेपाली कांग्रेसका नवीन आलेमगर १ हजार १ सय २९ र सनकमान सिके १ हजार ६६ मतसहित बिजयी भए । त्यस्तै, महिला सदस्यमा शान्तीदेवी पराजुली १ हजार १ सय ७ र दलित महिला सदस्यमा दलित महिला सदस्यमा सवि परियार १ हजार १ सय २ मतसहित बिजयी भए ।

पराजित एमालेले दुई खुल्ला सदस्यमा जगतलाल शाही ५२१ र लेखबहादुर प्रधान ५८५, महिला सदस्यमा वर्मिला श्रेष्ठ ६ सय ६९ र दलित महिला सदस्यमा पुष्पादेवी रणपाल ६६८ मत ल्याए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।