नेता भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउन पार्टीलाई चुनौती छ: वरिष्ठ उपाध्यक्ष पोखरेल


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल

काठमाडौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउने चुनौती पार्टीलाई रहेको बताएका छन् ।

आज २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा उपाध्यक्ष पोखरेलले नेताद्वय भण्डारी र आश्रितले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै राष्ट्रिय अभियान पूरा गर्ने जिम्मा पार्टीको रहेको बताएका हुन् ।

आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने विचार उपाध्यक्ष पोखरेलले राखे । कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा व्यक्त गरे ।

महासचिव पोखरेलले प्राविधिकरुपमा केही स्थानीय तहमा पराजय भोग्नुपरे पनि समग्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनमतको हिसाबले एमाले लोकप्रिय रहेको बताए ।

स्मृति दिवसमा नेताहरु सुवासचन्द्र नेम्वाङ, अष्ठलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।