पोखरा २६ मा २ हजार गन्दा वडाध्यक्षमा कांग्रेसको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका २६ मा २ हजार मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् ।

सार्वंजनिक पछिल्लो मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासीले १ हजार ८४ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेद्वारले ६५७ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेद्वारले ३४ मत ल्याएका छन् ।

यस्तै पोखरामा २६ मा मात्रै मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले ८५६ प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धीं नेकपा एमालेका कृष्णबहादुर थापाले ६५० मत ल्याएका छन् ।

यसैगरि उपप्रमुख तर्फ गठबन्धनका तर्फबाट नेपाली कांंग्रेसकी प्रत्यासी कोपिला रानाभाटले ९९३ उनकी निकटम प्रतिस्पर्धी एमालेकी मञ्जदेबी गुरुङले ७०७ मत प्राप्त गरेकी छन् । हाल मतगणना जारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।