पोखरा । पोखरा २४ मा २ हजार ५ सय मत गणना सकिएको छ । सार्वजनिक पछिल्लो विवरण अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सो वडामा नेपाली कांग्रेसका भरतबहादुर अधिकारीले १२७३ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थापाले १०७० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अधिकारीले एमालेका थापालाई २०३ मतले लिड गरिरहेका छन् । वडाध्यक्षकै प्रत्यासी राप्रपाका नविन बस्ताकोटीले २६ मत प्राप्त गरेका छन् ।
सो वडामा अन्य महिला, दलित महिला सदस्य र खुल्ला सदस्य तर्फ भने एमालेका उम्मेदवार अगाडी छन् ।
यस्तै महानगर प्रमुखतर्फ गठबन्धनका धनराज आचार्यले १२४९ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले १०३० मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखतर्फ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार कोपिला रानाभाटले ११५१ मत प्राप्त गर्दा एमालेकी प्रत्यासी मञ्जुदेवी गुरुङले ११४८ मत प्राप्त गरेकी छन् । उनीहरुविच जम्मा ३ मतको अन्तर छ । यद्यपी अन्य वडाहरुको मतपरिणाम यसमा समावेश गरिएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







