बागलुङ । बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का विजयी भएका छन् । खड्काले १२ हजार ४२७ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्काले आठ हजार ६५ मत प्राप्त गरेका छन् । त्यहाँ पाँच दलीय र एमाले–राप्रपा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





