नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले पार्टीभित्र हाल उत्पन्न विवादलाई प्राविधिक विषयमात्र भनियो भने त्यो ठूलो भूल हुने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसवुकमा शनिबार विहान लामो स्टाटस लेख्दै उनले पार्टीमा हाल देखिएको विवाद प्राविधिक मात्र मान्न नसकिने भन्दै यदि त्यसलाई प्राविधिक विषय मात्र ठानियो भने त्यो महाभूल हुने चेतावनी दिएका हुन् ।
ओली प्रवृत्तितर्फ ईंगित गर्दै उनले यो भ्रष्टीकरण र केशरजंग प्रवृत्तिकै निरन्तरता भएको टिप्पणी गर्दै उनले भनेका छन्, ‘विवाद वैचारिक राजनीतिक दृष्टिकोणमा देखिएको अन्तर नै हो । एउटा दृष्टिकोण रगत र पसिनाबाट प्राप्त उपलब्धिलाई माटोमा मिलाउने दलाली गर्ने, मुठ्ठिभर भक्तहरुको हितमा रमाउने भ्रष्टीकरणको दिशा वा दृष्टिकोण हो भने अर्को संघियता, गणतन्त्र, समावेशी समानुपातिक ,सामाजिक न्याय सहितको सम्वृद्धि र धर्म निरपेक्ष आदिको रक्षा विकास गर्दै नेपाली मोडलको समाजबादमा पुग्ने हो ।’। उहाँले भन्नुभएको छ ।
नेता बरालले व्यक्तिगत रुपमा के हात पर्यो वा परेन भन्ने आधारमा कसैको भक्त नबनी कुन दृष्टिकोण सही हो भन्ने कुरामा आधारित भएर नेपाली मोडलको समाजवाद स्थापना गर्ने दिशामा बहस केन्द्रित गर्न अपिल गरेका छन् । उनले समकालीन नेताहरु मध्ये केहि सीमाका बाबजुद साहसिक समाजवादी विचारक सक्षम नेता प्रचण्ड भएको भन्दै उनलाई विना पूर्वाग्रह रचनात्मक आलोचनासहित साथ र सहयोग गर्न नेकपा नेता÷कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बिनासकारी बाढीपछि पोखरामा संकलित शव मध्ये…







