पोखरा । सिर्जना विकास केन्द्र, पोखरा–८, सिमलचौरले पोखरामा भइरहेको रगतको अभाबलाई ध्यानमा राख्दै जेठ ५ गते बिहिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।
पोखराको सहिदचोकमा बिहान साढे ७ बजे हुने सो कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एवं सर्वसाधारणमा आग्रह गरेको छ ।
रगत अभाव पूर्ति गर्न १५ औं गणतन्त्र दिवसकै सन्दर्भमा सिर्जना विकास केन्द्रले सो कार्यक्रम गर्न लागेको रक्तदान अभियन्तासमेत रहेका संस्थाका उपाध्यक्ष कृष्ण थापाले जनाए । संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले लामो समयदेखि सामाजिक सेवामा सक्रिय सिर्जना विकास केन्द्रले मानवीय संवेदनासँग जोडिएको रक्तदान कार्यक्रम गर्न लागेकोले सहभागी हुन सम्पूर्ण इच्छुक रक्तदातालाई आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







