लमजुङको क्व्होलासोथरमा एमाले विजयी


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा एमाले उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार अध्यक्षमा एक हजार ३६७ मतान्तरले सूर्यप्रसाद गुरुङ विजयी भएका छन् । उनले तीन हजार ८५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत प्राप्त गरेका छन्। मङ्गोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ एक हजार ६४९ मतान्तरले विजयी भएका छन् । उनले तीन हजार ९८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत प्राप्त गरे । व्होलासोथरमा ९ हजार २९८ मतदाता रहेकामा ६ हजार ६५७ मत खसेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।