पोखरामा ५२८१७ मत गणना गर्दा धनराजलाई २४९५ मतको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५ मत पु¥याएका हुन् ।

हालसम्म ५२ हजार ८ सय १७ मत गणना सम्पन्न हुँदा आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले २ हजार १ सय ८६ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार १ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ९ मतले उछिनेकी छन्। एमालेकी गुरुङले २२ हजार १ सय ३१ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई नेपाली काँग्रेसकी कोपिला रानाभाटले २२ हजार १ सय २२ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले १ हजार ९ सय ४९ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।