पोखरा-९ मा १९०० गणना गर्दा कांग्रेसलाई दोब्बर अग्रता


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ९ मा कांग्रेसले दोब्बर अग्रता लिएको छ । उक्त वडाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार नेकपा एमालेका उम्मेदवार भन्दा दोब्बर भन्दा बढी मतले अग्रता लिन सफल भएका हुन् ।

वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले १ हजार ४२ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवारले ४ सय ९ मत ल्याएर पछ्याईरहेका छन् ।

महिला सदस्यमा कांग्रेसकी उम्मेदवारले ९ सय ५५ मत ल्याएर अग्रता बनाएकी छन् भने एमालेका उम्मेदवारले ४ सय ८० मत ल्याएर पछ्याईरहेकी छन् ।

त्यस्तै, दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवारले ९ सय ९७ मत ल्याएर अग्रता लिएकी छन् भने एमालेकी उम्मेदवारले ४ सय ४० मत ल्याएर पछ्याईरहेकी छन् ।

दुई खुल्ला सदस्यमा कांग्रेसका उम्मेदवारले ८ सय ६५ र ८ सय ७९ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले ४ सय ९२ र ४ सय ३६ मत ल्याएर पछ्याईरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।