पोखरा–१४ को वडाध्यक्षमा कांग्रेस झण्डै दोब्बर मतले अगाडि


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार झण्डै दोब्बर मतले अगाडि रहेका छन् । पोखरा १४ को १ हजार ८ सय मत गणना गर्दा कांग्रेस उम्मेदवार १ हजार १३ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवारले ५ सय ६७ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच ४ सय ४६ मतको मतान्तर छ ।
उक्त वडामा १ हजार ८ सय मत गणना गर्दा मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ६सय ६८ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ५ सय ६० मत प्राप्त भएको छ ।

त्यस्तै, उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ८ सय ४ मत प्राप्त भएको छ भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई ६ सय ५० मत प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।