पोखरा–१० मा कांग्रेसको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । हालसम्म भएको ५ सय मत गणनामा कांग्रेसका वडाध्यक्षका उम्मेदवारसहित सदस्यहरुले शुरुवाताी अग्रता लिएका हुन् । वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले २ सय ६२ मत प्राप्त गरेका छन् । उनलाई एमालेका उम्मेदवारले १ सय ४७ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै, महिला सदस्यमा कांग्रेसका उम्मेदवारले २ सय ३३ पाउँदा एमालेका उम्मेदवारले १ सय ५८, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले २ सय ४२ मत पाउँदा एमाले उम्मेदवारले १ सय ४४ मत प्राप्त गरेका छन् ।

यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवारले २ सय ४१ र २ सय ३८ मत प्राप्त गर्दा एमाले उम्मेदवारले १ सय ३३ र १ सय ४० मत प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।