पोखरा–२७ मा ३०५० मत गन्दा कांग्रेसको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २७ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यो वडामा हालसम्म ३ हजार ५० मत गणना गर्दा कांग्रेसको वडाध्यक्षसहित सदस्यहरुले अग्रता लिइरहेका हुन् । वडाध्यक्षमा कांग्रेसका पूर्णकुमार गुरुङ १ हजार ५ सय ६९ मतसहित अग्रता लिँदा एमालेका सूर्यमणी लामिछाने १ हजार १ सय ६९ मत ल्याएर पछ्याईरहेका छन् ।

महिला सदस्यमा एमालेकी बुद्धिकुमारी मगरले १ हजार २ सय ३ मत ल्याएर अग्रता बनाउँदा नेकपा माओवादी केन्द्रकी देवीमाया अधिकारीले १ हजार ३२ मत ल्याएर पछ्याईरहेकी छन् । त्यस्तै दलित महिला सदस्यमा कांग्रेसकी लक्ष्मी विकले १ हजार ४ सय ७ मत ल्याएर अग्रता बनाउँदा एमालेकी उमा दमाईले १ हजार १ सय ७६मत ल्याएर पछ्याईरहेकी छन् ।

वडा सदस्य खुल्लातर्फ कांग्रेसका जितेन्द्रबहादुर क्षेत्री १ हजार ४ सय ८० र सूर्यबहादुर वाग्ले १ हजार ५ सय १३ मत ल्याएर अग्रता लिइरहेका छन् भने उनीहरुलाई एमालेका तारानाथ दवाडीले १ हजार १ सय ५ र प्रकाश देवकोटाले १ हजार १ सय ५९ मत ल्याएर पछ्याईरहेका छन् ।

यस वडामा ४ हजार ४ सय ७८ मत खसेकोमा अब १ हजार ४ सय २८ मत गणना गर्न बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।