पोखरा महानगरपालिका वडा नम्बर २९ मा एमालेले अग्रता लिएको छ । पोखरा–२९ मा शुक्रबार विहानसम्म १ हजार ३ सय ९९ मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले ६ सय ५६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले ५ सय ५६ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच एक सय मतान्तर छ ।
महिला सदस्यमा एमालेकी निर्मला पौडेलले ६सय ४४ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले ४ सय ८६ तथा दलित महिला सदस्यमा एमालेकी सुकमाया विश्वकर्माले ६सय ७४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सरस्वती परियारले ३ सय ७१ मत ल्याएर पछ्याईरहेकी छन् ।
दुई खुल्ला सदस्यमा एमालेका कालिदास पोख्रेलले ६सय ३८ र क्षेत्रबहादुर गुरुङले ६सय ३९ मत ल्याएर अग्रता बनाउँदै कांग्रेसका मानेन्द्र कुमालले ५ सय २४ र नेकपा माओवादी केन्द्रका धनबहादुर कामीले ३ सय ८९ मत ल्याएर पछ्याईरहेका छन् ।
यस वडामा ४ हजार ३ सय १ मत खसेकोमा अब २ हजार ९ सय २ मत गणना गर्न बाँकी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





