पाेखरामा ६९९६८ मत गणना, धनराजको अग्रता कायमै, उपमेयरमा एमालेको १०२ मतको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्दा उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अघि बढेकी छिन् ।

पोखरामा ६९ हजार ९ सय ६८ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई ३ हजार २ सय ६ मतले पछि पारेका हुन् । आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका थापाले २५ हजार ३ सय ५७ मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ६५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजतर ८ सय २२ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मदवार कोपिला रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँग १ सय २ मतले पछि परेकी छिन् ।

रानाभाटले २८ हजार ९ सय मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २९ हजार २ मत ल्याएकी छिन् । राप्रपाकी रञ्जना सेनले २ हजार ८ सय ३८ मत प्राप्त गरेकी छिन् ।

२ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमध्ये ७३ हजार २ सय ५८ मत गन्न बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।