पोखरा, जेठ ६
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४२ मत पु¥याएका हुन् ।
हालसम्म ७२ हजार ९ सय ४२ मत गणना सम्पन्न हुँदा आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २६ हजार ३ सय ६५ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ९ सय ८० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो अग्रता लिइरहेकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई ८४ मतान्तरले पछि पार्दै अग्रता कायम राखेकी हुन् । नेपाली काँग्रेसकी कोपिला रानाभाटले ३० हजार २ सय ६० मत ल्याएर अग्रता लिएकी छन् । उनलाई एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत ल्याएर पछ्याईरहेकी छन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले २ हजार ९ सय ६९ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







