पोखरा-१४ मा कांग्रेस बिजयी


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेसको वडाध्यक्षसहित अधिकांश सदस्यमा बिजयी भएका छन् । एक सदस्यमा भने एमाले उम्मेदवार बिजयी भएका छन् ।

वडा नम्बर १४ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार बोधराज कार्की एमालेका डेलबहादुर गुरुङलाई हराउँदै बिजयी भएका छन् ।

महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङले एमालेकी सरिता बास्तोलालाई, दलित महिला सदस्यमा कांग्रेसकी तनुजा सार्की (थापा)ले एमालेकी सिर्जनाकुमारी पोखरेललाई हराउँदै बिजयी भए ।

त्यस्तै, खुल्ला दुई सदस्यमा कांग्रेसका कृष्णहरी काफ्ले र एमालेका गोपालप्रसाद सापकोटा बिजयी भए ।(फोटो : सुदर्शन रन्जित )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।