श्रीमति र छोरीमाथि एसिड प्रहार


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




कार्तिक २९ धनुषा । धनुषामा एक व्यक्तिले आफ्नै श्रीमति र छोरीलाई एसिड प्रहरा गरेका छन् ।
एसिड प्रहारबाट जिल्लाको जनकपुर उप–महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने दुई जना आमा छोरी घाइते भएका छन् ।

पछिल्लो समय समय श्रीमति आरतीसंग छुट्टै बस्दै आएका सन्दिप साहले श्रीमति र तीन बर्षीया छोरी रियामाथि शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।

एसिडले आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको २० प्रतिशत शरीर जलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । उनीहरुको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको छ । आरतीको अवस्था गम्भीर भएको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।