पोखरा महानगरपालिका वडा नं १६ मा एमाले अगाडी रहेको छ।
महानगरको यस वडाको १ हजार मत गणना गर्दा नेकपा (एमाले) का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई १ सय ५४ मतान्तरले पछि पारेका छन्।
हालसम्मको मत गणनामा एमाले उम्मेदवार थापाले गृह वडाबाट बढी मत लिन सफल बनेका हुन्। थापाले ४ सय ८० मत पाउँदा आचार्यले ३ सय २६ मत ल्याएका छन्।
त्यस्तै, उपमेयर पदका लागि पनि उक्त वडाबाट नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्द्वी कोपिला रानाभाटलाई १ सय ३७ मतान्तरले पछि पारेकी छन्। गुरुङले
४ सय ८३ मत ल्याउँदा रानाभाटले ३ सय ४६ मत ल्याएकी छन्। हालसम्मको १ हजार मतगणनामा सोही वडाको वडाध्यक्षमा भने कडा प्रतिस्पर्धा छ। व्डाध्यक्षका लागि नेकपा (एमाले) ले ४ सय ३८ र नेपाली काँग्रेसले ४ सय ३७ मत ल्याएको छ।
खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा भने नेकपा (एमाले) ले काँग्रेसलाई धेरै मतान्तरले पछि पारेको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





