पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । शनिबार विहानसम्म १३०० मत गणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु भारी मतान्तरसहित अगाडि रहेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवारले ७०४ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार ३८० मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवारले ६२७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३९४, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले ६४९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३८४ मत ल्याएर पछ्याईरहेका छन् ।
यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवारहरुले ६३३ र ६१७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारहरुले ३५२ र ३५५ मत ल्याएर पछ्याईरहेका छन् ।
यो वडामा १३०० मत गणना गर्दा मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ४५८ र एमाले उम्मेदवार कृष्ण थापालाई ४१० तथा उपमेयर पदमा कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ५८७ मत आउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई ४५७ मत आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





