पोखरा ११ मा कांग्रेसको प्यानल नै अगाडि रहेको छ । शनिबार विहानसम्म १६०० मत गणना हुदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ७११ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमालेका उम्मेदवारले ५९२ मत ल्याएर पछ्याईरहेका छन् ।
महिला सदस्यमा कांग्रेस उम्मेदवारले ७१४ मत ल्याएर अग्रता लिदा एमाले उम्मेदवारले ५३८, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले ७२२ मत ल्याउँदा एमाले उम्मेदवारले ५२४ मत ल्याएर पछ्याईरहेका छन् ।
यसैगरी, खुल्ला सदस्यमा कांग्रेस उम्मेदवारले ६३९ र ६८९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ५०६ र ४४७ मत ल्याएर पछ्याईरहेका छन् ।
सो वडाबाट मेयर पदका उम्मेदवारमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई ६५० मत आएको छ भने एमाले उम्मेदवार कृष्ण थापालाई ४८३ तथा उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ६७३ मत आउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई ५७१ मत आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





