प्रदेश २ मा ‘प्रदेश परिवहन’ सञ्चालनको तयारी


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




कार्तिक २९ जनकपुर । प्रदेश नम्बर दुई सरकारले आफ्नै सरकारी बस सञ्चालन गर्ने भएको छ ।
प्रदेशको पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्जलाई अस्थायी राजधानी जनकपुरधाम जोड्ने सरकारी बस सञ्चालनको तयारी गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।


‘प्रदेश परिवहन’ नाम दिएको सो सरकारी बस सेवा सञ्चालनका लागि प्रदेश सरकारले े ५ वटा बस खरिद गरिसकेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताए ।
प्रदेश सरकारको निति अुसार सञ्चालन गर्न लागिएको बस सेवा चाँडै नै सुरु हुने गरि कार्यविधी तयार भइसकेको पनि पूर्वाधारमन्त्री सोनलले बताए ।


सरकारी बसको भाडा सार्वजनिक यातायातभन्दा कम हुने मन्त्री सोनलले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।