पोखरा–२८ पनि काँग्रेसले जित्यो


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा महानगरपालिका वडा नं २८ को वडाध्यक्षमा नेपाली काँग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बैनबहादुर गुरुङलाई १५२ मतान्तरले हराउँदै जित निकालेका हुन्।

जम्मा ३७०४ गणना भएको मतबाट लामिछानेले १६ सय ५८ मत ल्याए। त्यस्तै, निकटतम प्रतिद्वनद्वी गुरुङले १५ सय ०६ मत ल्याए।

त्यस्तै महिला सदस्यमा पनि काँग्रेसकै डाल्डादेवी भुजेल विजयी बनेकी छन्। भुजेलले १६ सय ५६ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी राधिका पौडेलले १४ सय ८० मत ल्याइन्।

दलित महिला सदस्यमा पनि काँग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन् । कामीले १५ सय ६२ मत ल्याइन्। प्रतिद्वन्द्वी एमालेकी सरु विश्वकर्माले १५ सय १४ मत ल्याइन्।

खुल्ला सदस्यमा भने १ नेपाली काँग्रेस र १ नेकपा एमालेले जितेको छ।

उक्त वडाबाट मेयर पदका लागि पनि गठबन्धनका धनराज आचार्यले प्रतिद्वन्द्वी एमालेको भन्दा ३५१ मत बढी पाए। सो वडाबाट मेयरमा नेकपा एमालेले १४ सय ३५ मत पाउँदा गठबन्धनका धनराजले १७ सय ८६ मत पाए।

त्यस्तै, उक्त वडाबाट उपमेयरका लागि पनि नेपाली काँग्रेसलाई ७४ मत बढी आयो। काँग्रेसकी कोपिला रानाभाटले १६ सय ७३ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरुङले १५ सय ९९ मत पाइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।