पोखरा १६ को वडाध्यक्षमा कांग्रेसको अग्रता कायमै, सदस्यमा एमाले अगाडि


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसको अग्रता कायमै रहेको छ । हालसम्म २ हजार १ सय मत गणना सकिदा कांग्रेस उम्मेदवार ११ मतान्तरले अगाडि छन् । कांग्रेस उम्मेदवारले ९ सय २५ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमाले उम्मेदवारले ९ सय १४ मत ल्याएर पछ्याईरहेका छन् ।
वडा सदस्यमा भने एमाले उम्मेदवारहरुको अग्रता छ । महिला सदस्यमा एमाले उम्मेदवार १००५ मतसहित अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवारले ३६१ त्था दलित महिला सदस्यमा एमालेकी उम्मेदवार ९६१ मत ल्याएर अग्रता बनाउँदै कांग्रेस उम्मेदवार ६९६ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै, खुल्ला सदस्यमा एमाले उम्मेदवार ९३३ र ९२३ मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ७४२ र माओवादी उम्मेदवार ३९९ मत ल्याएर पछ्याईरहेका छन् ।

पोखरा १६ मा २१०० मत गन्दा मेयर पदमा एमाले उम्मेदवार कृष्ण थापाले १००६ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ७०० तथा उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई १०२६ मत आउँदा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ७३० मत प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।