पोखरा महानगरपालिका वडा नम्बर २९ मा एमाले जित नकिज पुगेको छ । पोखरा–२९ मा शनिबार दिउँसोसम्म ३ हजार २ सय ५० मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले १ हजार ५ सय १९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले १ हजार २ सय ९० मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच २२९ मतको मतान्तर छ ।
महिला सदस्यमा एमालेकी निर्मला पौडेलले १५०७ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले १०८७ तथा दलित महिला सदस्यमा एमालेकी सुकमाया विश्वकर्माले १५४६ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सरस्वती परियारले ८४८ मत ल्याएर पछ्याईरहेकी छन् ।
दुई खुल्ला सदस्यमा एमालेका कालिदास पोख्रेलले १४८१ र क्षेत्रबहादुर गुरुङले १५३० मत ल्याएर अग्रता बनाउँदा कांग्रेसका मानेन्द्र कुमालले ११७७ र नेकपा माओवादी केन्द्रका धनबहादुर कामीले ८४८ मत ल्याएर पछ्याईरहेका छन् ।
यस वडामा ४ हजार ३ सय १ मत खसेकोमा अब १ हजार ५१ मत गणना गर्न बाँकी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





