पोखरामा ८६२५७ मत गणना : धनराजलाई ३४४५ मतको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ ७

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पु¥याएका हुन् ।

हालसम्म ८६ हजार २ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ८ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३१ हजार ३ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ८ सय ८१ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ३ सय ५० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ५ सय १० मतले पछाडि पारेकी छन् । नेकपा एमालेका उम्मेदवार गुरुङले ३५ हजार ७ सय ९९ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ३५ हजार २ सय ८९ मत ल्याएर पछ्याईरहेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ७ सय ७७ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।