पोखरा महानगरपालिका वडा नम्बर ३० मा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । शनिबार दिउँसोसम्म १५५० मत गणना गर्दा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको हो । यद्वपी यहाँ थोरै मतान्तरले कांग्रेसले अग्रता लिएको छ । वडाध्यक्षमा कांग्रेस उम्मेदवार ६८१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवारले ६३९ मत ल्याएर पछ्याईरहेका छन् ।
महिला सदस्यमा एमाले उम्मेदवारले ६७५ मत ल्याएर अग्रता बनाउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४८५, दलित महिला सदस्यमा एमाले उम्मेदवार ६८२ मत ल्याएर अग्रता बनाउँदा गठबन्धनका माओवादी उम्मेदवार ४८८ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै, खुल्ला सदस्यतर्फ एमाले कांग्रेस उम्मेदवारले ६६४ र ६४० मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार ६३६ र ५६२ मत ल्याएर पछ्याईरहेका छन् ।
सो वडामा १५५० मत गणना गर्दा मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ६८४ मत आएको छ भने एमाले उम्मेदवार कृष्ण थापालाई ५९४ तथा उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मदेवार कोपिला रानाभाटलाई ६५४ मत आउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई ६४२ मत आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





