पोखरा, जेठ ७
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रता अग्रता कायम राखेका छन् । यद्यपी मतान्तर भने केहि कम हुँदै गएको छ। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्य र नेकपा एमालेका उम्मेदवार कृष्ण थापा बीचको मतान्तर ३ हजार २ सय ९६ मत छ।
हालसम्म ९० हजार ५ सय ६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३६ हजार ४ सय २६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३३ हजार १ सय ३० मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले ४ हजार १ सय ६ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ४ सय ९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता बढाउँदै गएकी छन् । गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ९ सय ३२ मतले पछाडि पारेकी छन् । नेकपा एमालेका उम्मेदवार गुरुङले ३७ हजार ७ सय १६ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ३६ हजार ८ सय ८४ मत ल्याएर पछ्याईरहेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ९ सय ८६ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





