पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भोली आइतबार सार्वजनिक विदा हुने भएको छ । यस निर्णयसँगै अस्पतालको आकस्मिक सेवा वाहेक ओ.पि.डी.सेवा र अन्य सेवाहरु बन्द रहनेछन् ।
नेपाल सरकारले यहि जेठ १ गतेदेखि लागू हुने गरी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेकोमा अस्पतालले यहि जेठ ८ गते आइतबारदेखि निर्णय कार्यान्वयन गर्ने भएको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । तर सेवाग्राहीलाई पर्न सक्ने असरलाई मध्यनजर राख्दै अस्पतालले केहि दिन भित्रै आइतवार र अन्य सार्वजनिक विदाका दिन समेत सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य सेवा (इ.एच.एस.) सेवा सुरु गर्ने तयारी गरेको छ ।
इ.एच.एस. सेवा सुरु भएपछी आइतबारका अतिरिक्त अन्य सार्वजनिक विदाका दिनमा समेत छुट्टै व्यवस्था गरी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । आइतबार विदा दिने निर्णय नेपाल सरकारका अन्य निकायहरुले भने यस अघिनै कार्यान्वयनमा ल्याइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







