पोखरा, जेठ ८
पोखरा महानगरपालिकामा १ लाख बढी मत गणना सम्पन्न हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनले एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्। आइतबार विहानसम्म १ ला १ हजार १ सय २१ मतगणना सकिदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ४० हजार ४ सय ३४ मत को मेयर पदमा धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३७ हजार १ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले ४ हजार ५ सय ८२ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता बढाउँदै गएकी छन् । शुक्रबार रातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १ हजार ६ सय १२ मतले पछाडि पारेकी छन् । नेकपा एमालेका उम्मेदवार गुरुङले ४२ हजार ३ सय १६ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ४० हजार ७ सय ४ मत ल्याएर पछ्याईरहेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ४ हजार ५ सय ९ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





