पोखरा महानगरपालिका वडा नम्बर–१० मा कांग्रेसको प्यानल नै बिजयी भएको छ । आज विहान सम्पन्न मत गाणनामा कांग्रेसका वडाध्यक्षसहित सबै सदस्य बिजयी भएका हुन् ।
वडाध्यक्षमा कांग्रेसका राजेश कांग्रेसका राजेश गुरुङ १८५८ मतसहित बिजयी भएका छन् । उनले एमालेकी पवित्रादेवी गुरुङलाई ८७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । पराजित गुरुङले ९८३ मत प्राप्त गरिन् ।
महिला सदस्यमा कांग्रेसकी नरदेवी गुरुङले १६७६ मतसहित बिजयी हुँदा एमालेकी उम्मेदवार सीमा राई गुरुङ १०२५ मत ल्याएर पराजित भईन् । दलित महिला सदस्यमा कांग्रेसकी सुनीमाया सार्की १७१२ मत ल्याएर बिजयी हुँदा एमालेकी शान्तीदेवी परियार १०२७ मत ल्याएर पराजित भईन् ।
खुल्ला सदस्यमा कांग्रेसका परमेश्वरबहादुर कार्की १६७८ र पूर्णचन्द्र न्यौपाने १६४३ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार कुमार थिङ ९४४ र शान्ती सुवेदी ९२५ मत ल्याएर पराजित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





