पोखरा महानगरपालिका वडा नं ३० को वडाध्यक्ष पदका लागि अग्रता कायम राखेको काँग्रेसलाई नेकपा एमालेले पछ्याउँदै छ।
हालसम्म गणना गरिएको ४४५४ मतमध्ये काँग्रेस एमाले भन्दा १८० मतान्तरले अगाडी छ।
सार्वजनिक मत परिणाममध्ये काँग्रेसले १९७७ मत ल्याएको छ भने एमालले १७९७ मत ल्याएको छ।
त्यस्तै, उक्त वडाको महिला सदस्य र दलित महिला सदस्यमा भने भारी बहुमतसहित एमाले अगाडी छ। मत परिणाममध्ये महिला सदस्यमा एमालेको निकटतम प्रतिद्वन्द्व नेकपा (माओवादी, केन्द्र) बनेको छ ।
एमालेले १९३९ मत पाउँदा माओवादीले १४३१ मत ल्याएको छ। काँग्रेसले २२३ मत मात्रै ल्याएको छ।
त्यसैगरि, दलित महिला सदस्यमा एमालेले १९६५ मत पाउँदा माओवादीले १४०७ मत पाएको छ। काँग्रेसले २०९ मत मात्रै ल्याएको छ।
वडाको खुल्ला सदस्यहरुमा भने नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। खुल्ला सदस्य (१) मा काँग्रेसले १८४८ मत पाउँदा एमालेले १८१२ मत ल्याएर काँग्रेसलाई ३६ मतान्तरमा पछ्याउँदैछ।
त्यस्तै, खुल्ला सदस्य (२) मा भने काँग्रेसले १८२७ मत ल्याउँदा एमालेले १६५७ मत पाएको छ।
सो वडामा मेयर र उपमेयर पदमा पनि गठबन्धन तथा काँग्रेसकै अग्रता छ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
आचार्यले निकटतम प्रतिद्वन्द्वी कृष्ण थापालाई २९८ मतले पछाडी पारेका हुन्।
आचार्यले १९८२ मत पाउँदा थापाले १६८४ मत पाएका छन्।
सार्वजनिक गरिएको मत परिणाममध्ये सो वडामा उपमेयर पदमा काँग्रेसकी कोपिला रानाभाटले एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई ३६ को झिनो मतान्तरले लिड गरेकी छन्।
रानाभाटले १८६५ मत पाउँदा गुरुङले १८२९ मत पाएकी छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





