पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३० को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद सुबेदी बिजयी भएका छन् । सुबेदी एमालेका उम्मेदवार सोमनाथ बास्तोलालाई १ सय ७९ मतान्तरले पछि पार्दै बिजयी भए ।
बिजयी सुबेदीले १ हजार ५ सय ४१ मत प्राप्त गरे । पराजित बास्तोलाले १ हजार ३ सय ६२ मत प्राप्त गरे ।खुल्ला सदस्यमा कांग्रेसका नवराज मंगलकाजी मानन्धरले २ हजार २ सय ४ र विनोद प्रसाद लामिछानेले २ हजार २ सय ६ मत प्राप्त गर्दै बिजयी भए ।
महिला सदस्यमा एमालेकी भिमकुमारी पुन गर्वुजाले २ हजार ३ सय १९ र दलित महिला सदस्यमा एमालेकी उमा परियारले २ हजार ३ सय ४९ मत ल्याउदै विजयी भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





