पर्वत । पर्वत फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताएका छन् ।
निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको भनाइ थियो ।
शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख तिवारीले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरप्रमुख तिवारीले नगरपालिकाको मोबाइल सेट प्रयोग नगरे पनि सिम भने प्रयोग गर्ने तर त्यसको रिचार्ज पनि आफ्नै खर्चले गर्ने, निजी सवारी साधन प्रयोग गरेर नगर प्रमुखले चढ्न पाउने गाडी समस्यामा परेका नागरिकको उद्धार, राहत र सहयोगमा प्रयोग गर्ने बताए।
फलेवासकै उपप्रमुख शोभा क्षेत्रीले पनि शपथ तथा पदभार ग्रहण गर्दै आफू जनताकै माझबाट आएको एउटा प्रतिनिधि भएका कारण जनताकै सुझावको आधारमा काम गर्ने बताए ।
नागरिकले देखाएकै बाटोमा आफू जाने र त्यसका लागि उत्पादनमा आधारित अनुदान, किसानलाई सहज सेवा, कार्यालय सञ्चालन छिटोछरितो र नगरभित्र यातायातको सुविधालाई व्यवस्थित गर्नेलगायत महत्वपूर्ण योजना आफूमा रहेको उनको भनाइ थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





