चितवन । चितवनको भरपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् ।
केही बेरअगाडी सार्वजनिक पछिल्लो मत परिणाम अनुसार उनले नेकपा एमालेका मेयरका प्रत्यासी विजय सुबेदीलाई ८ हजार १५४ मतले ͑लिड’ गरिरहेकी छन् ।
दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् ।
गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् । हालसम्म ९५ हजार ३११ मत गणना भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







