पोखरा । पोखरा महानगरपालिकामा १ लाख ७ हजार ९ सय ६२ मत गणना सम्पन्न हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् ।
उनले एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ४ सय १७ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्। हालसम्म १ लाख ७ हजार ९ सय ६२ मतगणना सकिदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४३ हजार २ सय १५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३९ हजार ७ सय ९८ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले ४ हजार ८ सय १५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता बढाउँदै गएकी छन् । शुक्रबार रातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १ हजार ६ सय ५९ मतले पछाडि पारेकी छन् । नेकपा एमालेका उम्मेदवार गुरुङले ४४ हजार ९ सय ५० मत ल्याएर अग्रता लिएकी छन् ।
उनलाई कांग्रेसकी रानाभाटले ४३ हजार २ सय ९१ मत ल्याएर पछ्याईरहेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ४ हजार ८ सय १५ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







