पोखरा । पोखरा ११ को जारी मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी प्रेम कर्माचार्यले नेकपा एमालेका प्रत्यासी मीनबहादुर गुरुङलाई २१२ मतले लिड गरेका छन् ।
कर्मचार्यले १ हजार ७१७ मत ल्याउँदा उनका प्रतिपस्र्धी एमालेका गुरुङले १ हजार ५ मत ल्याएका छन् ।
यस्तै महिला सदस्य तर्फ नेपाली कांग्रेसकी रनसुवा गुरुङले १ हजार ७१७, दलित महिला सदस्य टुकुरादेवी परियार १ हजार ६९६ , खल्ला सदस्य तर्फ नेपाली कांग्रेसका विष्णुप्रसाद घिमिरे १ हजार ४९१ र सुशिल बास्तोलाले १ हजार ६०४ मत ल्याएर अगाडी छन् ।
सो वडामा मात्रै मेयरका उम्मेद्वार गठबन्धनका उम्मेद्वार धनराज आचार्य १५३ मतले अगाडी छन् । उनले एक हजार ५८३ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले एक हजार ४३० मत ल्याएका छन् ।
यस्तै उपमेयरतर्फ नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले १ हजार ६४८ मत ल्याउँदा उनकी प्रतिस्पर्धी मञ्जुदेबी गुरुङले १ हजार ४२४ मत प्राप्त गरेकी छन् । उनीहरुविच २२४ मतको अन्तर छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







