दोबिल्ला पुल संरक्षणका लागि टेण्डर आह्वान


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




पोखरा १७, २१ र ३३ लाई जोड्ने मेरुदण्डको रुपमा रहेको दोविल्ला खोलाको पुल संरक्षण गरिने भएको छ । स्थानिय जनताको मागलाई सम्बोधन गर्दै सडक डिभिजन कार्यालय पोखराले दोविल्ला खोलाको पुल संरक्षण गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

पुल संरक्षणका लागि टेण्डरसमेत खुलाइएको छ । पुल संरक्षणका लागि २ करोड रुपैयाँको टेण्डर भएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

त्यसैगरी पोखरा २१ रङेखोला दोविल्लामा कलवर्ट निर्माण कार्यको प्रक्रिया पनि सुरु गरिने भएको छ ।

बर्खा याममा खोला बढ्दा पुल जोखिममा परेपछि स्थानिय त्रसित हुँदै आएका थिए । बर्खामा पानीको सतह बढेर पुलसम्मै आउँदा आवतजावतसमेत अबरुद्ध हुँदै आएको थियो । पुल संरक्षणको काम शुरु भएसँगै स्थानियले खुशी व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।