पोखरा महानगरपालिका वडा नं १७ को वडाध्यक्ष पदमा नेकपा (एमाले) लाई काँग्रेसले पछ्याउँदैछ।
हालसम्म गणना गरिएको ५५०० सय मतमध्ये एमाले काँग्रेस भन्दा १११ मतान्तरले अगाडी छ।
सार्वजनिक परिणामअनुसार एमालेले २११३ मत ल्याउँदा काँग्रेसले २००२ मत ल्याएको छ।
त्यस्तै, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि काँग्रेसभन्दा एमालेले नै अग्रता लिएको छ।
महिला सदस्यमा एमालेले २२८४ मत ल्याउँदा काँग्रेसले १८१४ मत ल्याएको छ।
त्यसैगरि, दलित महिला सदस्यमा पनि एमालेले २२८७ मत ल्याउँदा काँग्रेसले १७१९ मत ल्याएको छ।
खुल्ला सदस्य (१) मा एमालेले २१३० मत ल्याउँदा काँग्रेसले १७३५ मत ल्याएको छ। त्यस्तै, खुल्ला सदस्य (२) मा एमालेले २१३५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी, केन्द्र) ले ४०५ र काँग्रेसले ३१९ मत ल्याएको छ।
महानगरको उक्त वडाबाट मेयर पदका लागि भने गठबन्धनका धनराज आचार्यले एमालेका कृष्ण थापामाथि ८८ मतले अग्रता लिएका छन्।
सार्वजनिक मत परिणामअनुसार आचार्यले २०८३ मत ल्याउँदा थापाले १९९५ मत ल्याएका छन्।
उक्त वडाबाट उपमेयर पदका लागि भने एमालेकी मञ्जुदेवी गुरुङले काँग्रेसकी कोपिला रानाभाटलाई ५९९ मतले पछाडी पारेकी छन्। गुरुङले २४१९ मत ल्याउँदा रानाभाटले १८२० मत प्राप्त गरेकी छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





