पृथ्वीको आकस्मिक रक्तदानमा १०१ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पृथ्वी होटल व्यवसायी समितिको आकस्मिक रक्तदान कार्यक्रममा १०१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि रक्त सञ्चार केन्द्र पोखराको सहयोगमा समितिले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका उपप्रमुख दण्डराज शर्माले पहिलो रक्तदाता मन्दिरा अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका उपप्रमुख शर्माले पोखरासहित अहिले देशैभर रगतको अभाव भएको बताए । उनले सामाजिक संघसंस्थाले गरेको रक्तदानले नै रगतको अभाव पूर्ती हुने भन्दै पृथ्वी होटल व्यवसायी समितिले रक्तदान कार्यक्रम आयोजना गरेर रगतको आपूर्ति सहज बनाउन सहयोग पुगेको बताए ।

समितिका अध्यक्ष बालकृष्ण निउरेको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पूर्व अध्यक्ष कमलप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष हरिप्रसाद पाण्डेय, संस्थापक अध्यक्ष रिजन शेरचन, होटल वइवसायी महासंघकी केन्द्रीय सदस्य तथा पृथ्वी होटल व्यवसायी समितिकी सहकोषाध्यक्ष सुनिता पन्त पौडेल, कार्यक्रम संयोजक ईन्दुदेवी श्रेष्ठलगायतले रगत अभावका कारण कसैकोपनि अकालमा ज्यान नजाओस् भन्ने उद्देश्य राखेर समितिले रगत संकलन गर्न रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।