बागलुङ । सहरीया युवालाई लक्ष्य गरी बागलुङ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याएका छन् । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ ।सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए ।
मोटोपन घटाउने पेटको कसरतका लागि छुट्टै व्यायामशाला छ । शारीरिक सुगठनका खेलाडीदेखि सर्वसाधारणले जिमखानाबाट लाभ उठाउन सक्छन् । दूरसञ्चार रोड नजिकमा जिमखाना रहेको छ । जिमखाना आउन चाहानेका लागि भर्ना खुला गरिएको छ । २० जना भर्ना भइसकेर आइतबारदेखि नियमित व्यायाममा आउन थालेका छन् ।
सुरुमा भर्ना शुल्क रु एक हजार तोकिएको छ । प्रतिव्यक्ति महिनाको रु दुई हजार, तीन महिनाको रु पाँच हजार, छ महिनाको रु १० हजार र एक वर्षको रु २० हजार शुल्क राखिएको सञ्चालक खड्काले जानकारी दिए । अरुको जिमखानामा जाँदाजाँदै आफँै लगानी गरेर जिमखाना खोल्ने सोच पलाएको सञ्चालक खड्काले उल्लेख गरे ।
कोभिड–१९ ले निम्ताएको बन्दाबन्दी ताका खड्काले खाली रहेको आफ्नै जग्गामा जिमखानाका लागि संरचना निर्माण गरेका थिए । सहरीया जीवनशैली, खानपान आदि कारणले स्वास्थ्य जटिलता थपिँदै जान थालेपछि मानिसले शारीरिक व्यायामतर्फ ध्यान दिन थालेका छन् । कोही ‘मर्निङ वाक’मा निस्कन्छन्, कोही खेलकुदमा रमाउँछन् ।
कोही जिमखाना धाउँछन् । जिमखानामा विशेष गरी युवाको आकर्षण बढ्दै गएको देखेपछि लगानीको जोखिम उठाएको सञ्चालक खड्काको भनाइ छ । त्यहाँ योसँगै अरु दुईवटा जिमखाना पनि सञ्चालनमा छन् ।
त्यसमध्ये एउटा धेरै पुरानो हो । नागरिकको स्वास्थ्यलाई दृष्टिगत गरी नेपालका कतिपय स्थानीय तहले सार्वजनिक जिमखाना पनि खोलेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







