पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रत्यासी पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका इमानराज पौडेललाई ५१ मतान्तरले पराजित गरे । पाण्डेले २५५४ मत प्राप्त गर्दा पौडेलले २५०३ मत ल्याए ।

यस्तै वडाध्यक्षका प्रत्यासी राप्रपाका विमल पाण्डेले ३२ मत प्राप्त गरे ।

यस्तै सो वडामा अन्य सदस्यहरुमा भने नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । महिला सदस्यमा दुर्गादेवी बस्नेत (२६८६), दलित महिला सदस्यमा कल्पना सुनार (२५६८) र खुल्ला सदस्यतर्फ नवराज केसी (२५७५) र विकास कुमार आचार्य (२४५६) निर्वाचित भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।