गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित




काठमाण्डौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने बताइन् ।

त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्दै जाने नीति लिएको छ ।

मुलुकका सबै स्थानीय तहमा खेल ग्राम निर्माण गर्दै लैजाने सरकारको योजना छ । राष्ट्रपति भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ । पर्वतीय खेलकुदलाई अघि बढाउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।