पोखरा ३३ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेस विजयी भएको छ । पोखरा ३३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रामचन्द अधिकारी विजयी भएका हुन । उनले एमालेका शिवप्रसाद आचार्यलाई ७५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी अधिकारीले ३३८९ मत प्राप्त गरे भने आचार्यले २६३३ मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी थापा ३०६० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार शान्ती पाध्याले २७२० मत प्राप्त गरिन । त्यस्तै दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपाली २६४८ मत ल्याएर विजयी हुँदा नेकपा एकीकृत समाजवादीकी सृष्टी विकले २३२६ मत ल्याईन ।
खुल्ला सदस्यमा एमालेका विनोद भण्डारी २५४२ मत र प्रकाश कार्की ३१४२ मत ल्याएर विजयी हुँदा कांग्रेसका शंकरबहादुर अधिकारीले २४९९ तथा नेकपा माओवादी केन्दरका उम्मेदवार श्रीभदर बरालले २घ्९४ मत प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।