पोखरा महानगरपालिका वडा नम्बर ३२ मा नेपाली कांग्रेस विजयी भएको छ । पोखरा ३२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार अक्कलबहादुर कार्की विजयी भएका हुन । उनले एमालेका खमबहादुर पुनलाई १७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी कार्कीले १९९१ मत प्राप्त गरे भने पुनले १९७४ मत प्राप्त गरे ।
महिला सदस्यमा एमाले उम्मेदवार सावित्रीदेवी पण्डितले २०८४ मत ल्याएर विजयी हुँदा कांग्रेसकी स्वस्तीका खनालले १९६३ मत प्राप्त गरिन । त्यस्तै दलित महिला सदस्यमा कांग्रेसकी शोभा विकले २०६२ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार सहनशीला नेपाली रम्तेल गायकले १९४१ मत ल्याईन ।
खुल्ला सदस्यमा कांग्रेसका तीर्थबहादुर सुवल १९३० मत र रविराज तिवारीले १९५१ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार ध्रुव थापा ले १८२२ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







