पोखरा महानगरपालिका वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन । पोखरा २२ को वडाध्यक्षमा गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका हुन । उनले एमालेका प्रकाशचन्दर गुरुङलाई १२० मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी बरालले १८७२ मत प्राप्त गरे भने गुरुङले १७५२ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकी कृष्णकुमारी पौडेल देवकोटाले १९६५ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार लक्ष्मीदेवी पौडेल बरालले १७४१ मत प्राप्त गरिन । त्यस्तै दलित महिला सदस्यमा एमाले उम्मेदवार सीता विक कामीले १८७९ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्दरका उम्मेदवार कल्पना रसाईलीले १३४३ मत ल्याईन
खुल्ला सदस्यमा एमाले उम्मेदवार लिलाधर पौडेलले १९१२ मत र सन्जीव गुरुङले १९३२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवारहरु चेतभक्त बराल १५५घ् मत र होमबहादुर गुरुङले १७७९ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







