कालिका वहुमुखीमा पर्यटन सम्बन्धि अन्तर्राष्ट्रिय सेमिनार


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको काजिपोखरीस्थित कालिका बहुमुख क्याम्पसले बिहिबार ‘यूके’को ओएटीएस एकेडेमीको सहयोगमा पर्यटनमा ‘फरक क्षमता भएका व्यक्तिहरुको पहुँच’ विषयक अन्तर्राष्ट्रिय कन्फ्रेन्स सम्पन्न गरेको छ । ओटीएस एकेडेमीको स्थानीय पार्टनर रहेको कालिका बहुमुखीले आयोजना गरेको उक्त कन्फ्रेन्समा भारतको अनन्त नेशनल विश्वविद्यालयकी एशोशियट प्राध्यापक डा. भेनेसा जि.बी.ले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सो क्रममा उनले पर्यटनको विकासमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि अवसर दिइनु पर्ने उल्लेख गरिन् ।

यसअघि क्याम्पस प्रमुख बिरञ्जि गौतम क्याम्पस प्रमुख गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुङ, अर्का सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले प्रा डा.भेनेसालाई क्याम्पसमा स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए । सहायक क्याम्पस प्रमुख गौतमले ओटिएस एकेडेमीको सहयोगले क्याम्पसको शैक्षिक विकासमा सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा क्याम्पसका कर्मचारी, प्राध्यापक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

क्याम्पसले मंगलबार आयोजना गरेको कन्फ्रेन्समा प्रा.डा. रमेशराज कुँवर, प्रा.डा डायर्क रिसरले कार्यपत्र प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।