आँधीखोला गाउँपालिका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०७९ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जाल मार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

निर्वाचित भए लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुन् । पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेवा गर्ने अवसरका साथै आफुलाई अब्बल सेवकको रूपमा प्रमाणित गर्ने दुबै चुनौती रहेको बताएका छन् ।

अध्यक्ष पौडेलको नाममा गाउँपालिकाको वडा नं. ३ मा फरकफरक कित्तामा झण्डै ११ रोपनी जग्गा र ढुङ्गाको छानो भएको एक कच्चि घर र गोठ रहेको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा एक थान मोटरसाइकल र बैंक तथा सहकारीमा गरी नगद ४६ हजार ५ सय ५० रुपैयाँ नगद रहेको छ ।

उनले सार्वजनिक गरेको विवरणमा जिल्लामा संचालित माछापुच्छ्रे पोल्ट्रि लाईभस्टोकमा १२ हजार ५ सय र विभिन्न बैंक तथा सहकारीमा ३ हजार ५ सय कित्ता शेयर रहेको छ । श्रीमती संगिता शर्मा पोख्रेलका नाममा करिब साँढे ४ तोला सुन तथा पुतलीबजार नगरपालिका १ मा दुई तले पक्कि घर रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।