बराबरीमा सकियो नेपाल–लिस्टेको मैत्रीपूर्ण खेल


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग बराबरी खेलेको छ।

दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो।

पहिलो हाफमा २ गोलले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो। एएफसी एसियन कप छनोट अघि दोहामा २ मैत्रीपूर्ण खेल खेल्ने तालिकाअनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल टिमोर लिस्टेसँग खेलको हो।

अब नेपालले जेठ २० गते ओमानसँग खेल्नेछ। नेपाली टोली कतारबाटै कुवेत जानेछ। एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।