पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् ।उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेको बताइएको छ । साथै उहाँले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

शनिबार रुसी राष्ट्रपति पुटिनले उनीहरुसँग फोनमा कुराकानी गरेका मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले युक्रेनको पछिल्लो अवस्था र विशेषगरी युक्रेनमा रुसले गरेको सैन्य कारबाहीबारे जानकारी गराएका छन् ।

उनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाहीका क्रममा अन्तर्राष्ट्रिय कानुनका साथै अन्य मूल्य मान्यताहरु पनि पालना गरेको जानकारी दिएका थिए ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।